राष्ट्रिय बहिरा महासंघ नेपाल देशभर रहेका सुनाइ सम्बन्धी अपांगता भएका व्यक्तिहरूको छाता संस्था हो । यस महासंघ अन्तर्रगत ७ प्रदेश समिति र ५४ जिल्ला बहिरा संघहरू आवद्ध रहेका छन् । महासंघले नेपाली बहिरा समुदायको पहिलो भाषा नेपाली सांकेतिक भाषाको अनुसन्धान, पहिचान, प्रवर्दन, विकास र विस्तार गर्दै आएको छ सांकेतिक भाषा शब्द संकलन, संकेत निर्माण र शब्दकोश प्रकाशन समेत गर्दै आएको छ । हाल महासंघले भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा सेन्स इन्टरनेशनलसँगको साझेदारीमा “नेपालमा समावेशी शिक्षा प्रणाली तथा सेवा सुदृढीकरण” परियोजना कार्यान्वयन गरिरहेको छ । महासंघले व्यहार व्यवस्थापन सम्बन्धी अंग्रेजी भएको पुस्तक नेपालीमा अनुवाद गर्नका लागि प्रस्तावना आव्हान गर्दछ । अन्य विवरण दिइएको छ:
योग्य र इच्छुक व्यक्ति/कम्पनीलाई निम्न ठेगानामा प्रस्ताव पेश गर्न आमन्त्रित गरिएको छ:
Email: vacancy@deafnepal.org.np
आवेदन छनोट:
राष्ट्रिय बहिरा महासंघ सँग कुनै पनि आवेदन छनोट गर्ने वा नगर्ने अधिकार सुरक्षित छ । महासंघले सुरक्षालाई उच्च प्राथमिकताको रूपमा राख्ने भएकाले यस कार्यको क्रममा सङ्कलन गरिएको कुनै पनि डाटा वा जानकारीलाई गोप्य राखिनेछ र NDFN को पूर्व सहमति बिना प्रसारित गर्नपाइने छैन ।
प्रस्तावना पेशका लागि
प्रस्तावनाको लागी समावेश हुनुपर्ने कागजात तथा प्रमाण पत्र
मुख्य जिम्मेवारी:
• बहिरा महासंघले अंग्रेजी भाषामा तयार भएको वर्डफाइल प्रदान गर्नुपर्ने ।
• कामको उत्कृष्ट गुणस्तर सुनिश्चित गर्न महासंघका कमर्चारी संग सरसल्लाह लिनुपर्नेछ ।
• अन्तमा कार्य सम्पन्न गरी महांसंघलाई हस्तान्तरण गर्नुपर्नेछ ।
सम्झौताको अवधि:
कुनै व्यक्ति वा संस्था संगको सम्झौतामा हस्ताक्षर गरेको मितिदेखि काम सुरु गर्नेछ र यस महासंघको कार्यालयमा प्रदान गरेपछी मात्र पूरा हुनेछ । कम्पनी/व्यक्तिले सबै कार्य पूरा गरी अन्तमा निर्माण गरिएका अनुवाद गरेको डकुमेन्ट सफ्टकपी यस कार्यालयमा बुझाउनु पर्नेछ ।
बहिरा महासंघले निम्न कुराहरू प्रदान गर्नेछ :
• अंगेजीमा भएको वर्डफाइल
• आवश्यक भएमा थप सुझावहरू प्रिति फन्टमाः फन्ट साइज १६
भुक्तानी:
• राष्ट्रिय बहिरा महासंघ (NDFN) ले सम्पूर्ण कार्य सम्पन्न गरी NDFN कार्यालयमा पेश गरे पश्चात नेपाल सरकारको नियमबमोजिम लागु हुने सबै कर सहित प्रस्तावित कुल रकम (100%) जारी गर्नेछ।
• नेपाल सरकारको नियम बमोजिमको कर कट्टा गरिनेछ ।
सम्झौताको अन्त्य:
सम्झौता मिति समाप्त भएपछि सम्झौता स्वतः समाप्त हुनेछ। टीओआरमा उल्लेख नभएको कुरा आपसी छलफल र सहमतिबाट समाधान गरिनेछ।