NDFN Logo

प्रस्तावना आव्हान

राष्ट्रिय बहिरा महासंघ नेपाल देशभर रहेका सुनाइ सम्बन्धी अपांगता भएका व्यक्तिहरूको छाता संस्था हो । यस महासंघ अन्तर्रगत ७ प्रदेश समिति र ५४ जिल्ला  बहिरा संघहरू आवद्ध रहेका छन् ।  महासंघले नेपाली बहिरा समुदायको पहिलो भाषा नेपाली सांकेतिक भाषाको अनुसन्धान, पहिचान, प्रवर्दन, विकास र विस्तार गर्दै आएको छ  सांकेतिक भाषा शब्द संकलन, संकेत निर्माण र शब्दकोश प्रकाशन समेत गर्दै आएको छ  । हाल महासंघले भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा सेन्स इन्टरनेशनलसँगको साझेदारीमा “नेपालमा समावेशी शिक्षा प्रणाली तथा सेवा सुदृढीकरण” परियोजना कार्यान्वयन गरिरहेको छ । महासंघले व्यहार व्यवस्थापन सम्बन्धी अंग्रेजी भएको पुस्तक नेपालीमा  अनुवाद गर्नका लागि प्रस्तावना आव्हान गर्दछ । अन्य विवरण दिइएको छ:

योग्य र इच्छुक व्यक्ति/कम्पनीलाई निम्न ठेगानामा प्रस्ताव पेश गर्न आमन्त्रित गरिएको छ:

Email: vacancy@deafnepal.org.np

आवेदन छनोट:

राष्ट्रिय बहिरा महासंघ सँग कुनै पनि आवेदन छनोट गर्ने वा नगर्ने अधिकार सुरक्षित छ । महासंघले सुरक्षालाई उच्च प्राथमिकताको रूपमा राख्ने  भएकाले यस कार्यको क्रममा सङ्कलन गरिएको कुनै पनि डाटा वा जानकारीलाई गोप्य राखिनेछ र NDFN को पूर्व सहमति बिना प्रसारित गर्नपाइने छैन ।

प्रस्तावना पेशका लागि 

  • अंग्रेजी नेपाली अनुवादकमा कार्य गरेको कम्पनी वा व्यक्तिले प्रस्तावना पेश पेश गर्न सक्ने ।
  • महासंघले अनुभव र कार्यको लागि प्रस्तावित रकमको आधारमा छनोट गर्नेछ ।
  • पेश गर्ने अन्तिम म्याद:  १४ सेप्टेम्बर २०२४

 प्रस्तावनाको लागी समावेश हुनुपर्ने कागजात तथा प्रमाण पत्र

  • कम्पनीको आधिकारिक लेटरहेडमा कार्यालय वा व्यक्तिगत रूपमा व्यक्तिको हस्ताक्षर सहितको महासंघलाइ सम्बोधन गरिएको पत्र 
  • पान , कर चुक्ता सम्बन्धित सरकारी प्राधिकरणमा कम्पनी दर्ता प्रमाणित प्रमाणको प्रतिलिपी 
  • भ्याट, डेलिभरी लागत र लागू भएमा कुनै अन्य लागत सहित कुल लागत
  • अन
  • अनुवाद गर्नुपर्ने फाइलको जम्मा पेज  संख्या (Calibri (Body) फन्ट साइज (१२) माः २४ पेज
  • अनुवाद गरेर दिनुपर्ने प्रिति फन्टमाः फन्ट साइज (१६)
  • कार्य सम्पन्न गर्न सकिने समय समेत उल्लेख गर्ने 

मुख्य जिम्मेवारी:

• बहिरा महासंघले अंग्रेजी भाषामा तयार भएको वर्डफाइल प्रदान गर्नुपर्ने ।

• कामको उत्कृष्ट गुणस्तर सुनिश्चित गर्न महासंघका कमर्चारी संग सरसल्लाह लिनुपर्नेछ ।

• अन्तमा कार्य सम्पन्न गरी महांसंघलाई हस्तान्तरण गर्नुपर्नेछ ।

सम्झौताको अवधि:

कुनै व्यक्ति वा संस्था संगको सम्झौतामा हस्ताक्षर गरेको मितिदेखि काम सुरु गर्नेछ र यस महासंघको कार्यालयमा प्रदान गरेपछी मात्र पूरा हुनेछ । कम्पनी/व्यक्तिले सबै कार्य पूरा गरी अन्तमा निर्माण गरिएका अनुवाद गरेको डकुमेन्ट सफ्टकपी यस कार्यालयमा बुझाउनु पर्नेछ ।

बहिरा महासंघले निम्न कुराहरू प्रदान गर्नेछ :

• अंगेजीमा भएको वर्डफाइल

• आवश्यक भएमा थप सुझावहरू प्रिति फन्टमाः फन्ट साइज १६

भुक्तानी:

• राष्ट्रिय बहिरा महासंघ (NDFN) ले सम्पूर्ण कार्य सम्पन्न गरी NDFN कार्यालयमा पेश गरे पश्चात नेपाल सरकारको नियमबमोजिम लागु हुने सबै कर सहित प्रस्तावित कुल रकम (100%) जारी गर्नेछ।

• नेपाल सरकारको नियम बमोजिमको कर कट्टा गरिनेछ ।

सम्झौताको अन्त्य:

सम्झौता मिति समाप्त भएपछि सम्झौता स्वतः समाप्त हुनेछ। टीओआरमा उल्लेख नभएको कुरा आपसी छलफल र सहमतिबाट समाधान गरिनेछ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्