NDFN Logo

राष्ट्रिय बहिरा भेला तथा २९ औँ वार्षिक साधारण सभा सम्पन्न

Image

राष्ट्रिय बहिरा महासंघ नेपालको राष्ट्रिय भेला एवम् २९ औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय बहिरा भेला मिति २०८२ पौष २० र २१ गते कलैया उपमहानगरपालिका वडा नम्बर ४, कलैया, बारामा भव्यताका साथ सम्पन्न भएको छ । वार्षिक साधारणसभा तथा राष्ट्रिय बहिरा भेलाको अवसरमा प्रभातफेरी कार्यक्रमसमेत आयोजना गरिएको थियो । महासंघका महासचिव सिताराम ओझाले सञ्चालन गर्नु भएको उद्घाटन सत्रको अध्यक्षता अध्यक्ष सन्तोष के. सी.ले गर्नुभएको थियो । जिल्ला समन्वय समिति, बाराका अध्यक्ष श्री नरेन्द्र कुमार शाहको प्रमुख आतिथ्यता तथा कलैया उप-महानगरपालिकाका प्रमुख श्री बिनोद शाहको विशेष अतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा,  जितपुरसिमरा उप-महानगरपालिका, निजगढ नगरपालिका, प्रसौनी, फेटा, बारागढी गाउँपालिका, कलैया उप- महानगरपालिकाका विभिन्न वडाका अध्यक्षहरू, महागढीमाई तथा विश्रामपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू, जिल्ला प्रहरी कार्यालय बाराका प्रतिनिधि, अपाङ्गता क्षेत्रमा कार्यरत संघ-संस्थाका प्रतिनिधिहरू तथा सहकर्मी संस्थाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । बारा बहिरा संघ तथा राष्ट्रिय बहिरा महासंघ नेपाल मधेश प्रदेश समितिको स्थानीय व्यवस्थापनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष तथा एबिलिज फाउन्डेसन नेपालका प्रतिनिधि डा. बिरेन्द्रराज पोख्रेल, संघीय कोषाध्यक्ष कुमार रेग्मी, राष्ट्रिय साङ्केतिक भाषा दोभाषे संघका अध्यक्ष टिकाराम लामिछानेलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

Image

कार्यक्रममा ४५ जिल्लाका बहिरा संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । प्रमुख अतिथि, विशेष अतिथि तथा अन्य अतिथिहरूले बहिरा समुदायको हक अधिकार संरक्षण, समावेशी विकास, नेपाली साङ्केतिक भाषाको मान्यता तथा व्यवहारिक कार्यान्वयनका लागि आवश्यक नीति, कार्यक्रम र बजेट सुनिश्चित गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य बारा बहिरा संघका अध्यक्ष श्री रबिन्द्र यादवले गर्नुभएको थियो । राष्ट्रिय बहिरा भेलाबाट “सुनाइ सम्बन्धी अपाङ्गता भएका बहिरा नागरिकहरूको अधिकारसम्बन्धी कलैया, बारा घोषणापत्र-२०८२” जारी गरिएको थियो । सभाले महासंघको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक लेखापरीक्षण, आगामी वर्षको कार्यक्रम तथा बजेट, लेखा परीक्षकको नियुक्ति, विधान संशोधन, नयाँ सदस्यता प्रस्ताव, सम्बन्धी नीतिहरुको संशोधन तथा अन्य विविध प्रस्तावहरू सर्वसम्मतले पारित गरेको थियो ।

  • Psr खबरबाट साभार गरिएको भिडियो यहाँ हेर्नुहोस् ।
  • समृद्धि अभियानबाट साभार गरिएको भिडियो यहाँ हेर्नुहोस् ।
  • बिश्वास एफएमबाट साभार गरिएको समाचार यहाँ हेर्नुहोस् ।
  • बारा खबरबाट साभार गरिएको समाचार यहाँ हेर्नुहोस् ।
  • बारा खबरबार साभार गरिएको भिडियो यहाँ हेर्नुहोस् ।
© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्