NDFN Logo

बहिरा युवाहरुका लागि ट्रेकिङ्ग गाईड तालिम सुरु

सांकेतिक भाषामा हेर्नुहोस्

Image

नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा संचालित नेपालको पर्यटन दिगो पर्यटन परियोजनासंगको सहकार्यमा राष्ट्रिय बहिरा महासंघ नेपालले समावेशी पर्यटनका लागि बहिरा व्यक्तिको सीप र उद्यमशीलता विकास परियोजना संचालन गरेको थियो । उक्त परियोजना अन्तर्गत महासंघले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानसंगको साझेदारीमा २५ जना बहिरा युवाहरुको लागि ३५ दिने ट्रेकिङ गाइड तालिम मिति २०८२ कार्तिक १८ गते काठमाण्डौमा आरम्भ भएको थियो । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक दिव्यराज पोखरेलको प्रमुख आतिथ्यता तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका प्रिन्सिपल अजय कुमार ढकाल, राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को दिगो विकास परियोजना म्यानेजर दिव्य दवाडी, राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसी लगायतको आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा आफ्ना धारणा राख्नुहुदै राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को दिगो विकास परियोजना प्रबन्धक दिव्य दवाडीले पर्यटन क्षेत्रलाई समावेशी र दिगो बनाउन समाजबाट पछाडि परेका वा पारिएका वर्ग समुदायहरुलाई जोड्न राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को परियोजनाले सहकार्य गरिरहेको र त्यसै अनुरुप सो तालिमको आयोजना गरिएको साथै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुलाई पनि ट्रेकिङ गाइड तालिम दिइसकेको जानकारी गराउनुभएको थियो । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक दिव्यराज पोखरेलले उक्त तालिमले नेपालको सभ्यता इतिहास र सुन्दरतालाई थप संसारभर चिनाउन बहिरा युवाहरुको भूमिका विशेष हुने विश्वास व्यक्त गर्नुभएको थियो । उक्त तालिम कार्यक्रमले बहिरा युवाहरुको लागि ट्रेकिङ गाइडसम्बन्धी सिप र क्षमता बिकास गरी समावेशी पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने बिश्वास महासंघले गरेको छ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्