NDFN Logo

बहिरा व्यक्तिहरूका लागि यातायातमा सहुलियत र सुविधाका बारेमा जानकारी

बहिरा सहित अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई सार्वजनिक यातायातका साधनहरूमा के कस्ता सुविधा उपलब्ध छन् भनेर यो सामाग्रीमा बुझ्न सकिने छ ।

सांकेतिक भाषामा हेर्नुहोस्

(१) सार्वजनिक यातायातले बहिरा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रका आधारमा बस, रेल, हवाइजहाज जस्ता सार्वजनिक साधनबाट यात्रा गर्दा लाग्ने भाडामा पचास प्रतिशत छुट उपलब्ध गराउनु पर्नेछ ।
(२) देहाय बमोजिमका सीट क्षमता भएका सार्वजनिक सवारी साधनले देहायबमोजिमका सीट अपाङ्गता भएका व्यक्तिका लागि सुरक्षित राख्नु पर्नेछः
क) दश वा सोभन्दा कम सीट क्षमता भएका सवारी साधनले एक सीट
ख) एघार देखि पन्ध्र सीट क्षमता भएका सवारी साधनले दुइ सीट
ग) सोह्र देखि तीस सीट क्षमता भएका सवारी साधनले तीन सीट
घ) तीस भन्दा बढी सीट क्षमता भएका सवारी साधनले चार सीट
ङ) रेल लगायतका ठूला सवारी साधनले कूल सीट संख्याको कम्तीमा पाँच प्रतिशत सीट

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्