NDFN Logo

बहिरा व्यक्तिका छोराछोरीका लागि छात्रवृत्तिको व्यवस्था कस्तो रहेको छ?

यो सामाग्रीमा बहिरा नागरीक तथा तिनका छोराछोरीका शिक्षाका लागि कायम गरिएको छात्रवृतिका बारेमा जानकारी समेटिएको छ ।

सांकेतिक भाषामा हेर्नुहोस्

नेपालको संबिधान संबिधान २०७२ को धारा ३१.४ शिक्षा सम्बन्धी हकमा बहिरा र स्वर वा बोलाइ सम्बन्धी अपाङ्गता भएका नागरिकलाई साङ्केतिक भाषाको माध्यमबाट कानून बमोजिम निःशुल्क शिक्षा पाउने हक हुनेछ र अपाङ्गता अधिकार नियमावली २०७७ को परिच्छेद ३ को खण्ड १३ मा यो व्यवस्था गरिएको छ ।

नेपाल सरकारले बहिरा व्यक्तिका छोराछोरीलाई स्वदेशमा स्नातक तहसम्मको शिक्षा हासिल गर्न छात्रवृत्ति उपलब्ध गराउनेछ ।
छात्रवृत्ति प्राप्त गर्न चाहने बहिरा नागरिकका छोराछोरीले सम्बन्धित शैक्षिक संस्थामा भर्ना गरेको प्रमाण, सम्बन्धित स्थानीय तहको सिफारिस, परिचयपत्रको प्रतिलिपि तथा नाता प्रमाणित र विपन्नताको सिफारिस लगायतको कागजात पेश गर्नु पर्नेछ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्