NDFN Logo

कानुन अनुसार अपाङ्गता तथा बहिरा को परिभाषा के हो?

यो सामाग्रीमा अपाङ्गता तथा बहिरा का बारेमा सरकारले गरेको परिभाषाका बारेमा जानकारी प्रदान गरिएको छ ।

सांकेतिक भाषामा हेर्नुहोस्

अपाङ्गताको परिभाषा

अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्वन्धि महासन्धि २००६ ले अपाङ्गतालाई शारीरिक, मानसिक, वौद्धिक वा इन्दि«यसम्बन्धी दीर्घकालीन अशक्तताद्वारा सृजित विभिन्न अवरोधहरूसँगको अन्तक्र्रियाको कारणले समाजमा अन्य व्यक्तिहरूसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गमा सहभागी हुन बाधा भएको व्यक्तिसमेतलाई परिभाषीत गरेको छ ।

त्यसै गरी अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी सम्बन्धी ऐन २०७४ ले अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा ईन्द्रीय सम्बन्धी दीर्धकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले समाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति सम्झनु पर्छ भनेर परिभाषित गरेको छ ।

बहिरा परिभाषा
असी डेसिबलभन्दा माथिको ध्वनि सुन्न नसक्ने वा सञ्चारका लागि साङ्केतिक भाषा प्रयोग गर्नुपर्ने व्यक्तिलाई सुनाईसम्वन्धि अपाङ्गता भएका व्यक्ति बहिरा भन्ने गरिन्छ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्