राष्ट्रिय बहिरा महासंघ नेपालले बिभिन्न सवालहरूमा योजना तयार गरेर कार्य गरिरहेको छ ।
बहिरामैत्री वातावरणका माध्यमबाट बहिरा समुदायको गुणस्तरीय शिक्षामा पहु‘च अभिबृद्धि गर्ने ।
बहिरामैत्री वातावरणको निर्माण एवं क्षमता विकास गरी बहिरा समुदायको रोजगारीका अवसरहरु अभिबृद्धि गर्ने ।
नेपाली साङ्केतिक भाषको विकास, व्यवसायिक दोभाषे, प्रमाणीकरण, दोभाषे सेवाको उपलब्धता एवं आधुनिक दुरसञ्चारका प्रविधिहरुमाथि बहिरा समुदायको सर्वसुलभ रुपमा पहुंच अभिबृद्धि गर्ने ।
स्वास्थ्य हेरविचार तथा सेवाबारे बहिरा समुदायमा जनचेतना, सुचना एवं सेवामा पहुँच बढाउने ।
जिल्ला बहिरा संघ तथा महासंघको सञ्जाल, पहिचान एवं संस्थागत क्षमता अभिबृद्धि गर्ने । श्रवणदृष्ट्री बिहीन संघ, संघहरुको महासंघ निर्माण गर्ने र श्रवणदृष्ट्री बिहीनहरुको पहिचान, अधिकार र विकासमा परिचालन गर्ने ।
सामाजिक, नागरिक तथा राजनैतिक अधिकार तथा संरचनाहरुमा बहिरा समुदायको बुझाई, सहभागिता तथा पहुँच अभिबृद्धि गर्ने ।
प्राकृतिक प्रकोपबाट सुरक्षित रहने उपाय एवं उद्धारका बारेमा बहिरा समुदायमा जनचेतना एवं पहुँच अभिबृद्धि गर्ने ।