कोरोना भाइरस का बारेमा झुटो तथा साँचो कुराहरू

कोरोना भाइरस वा कोभिड १९ का कारण तपाइहरु घरमै बसीरहनु भएको छ होला र सुरक्षका लागि घरमा बस्नु आवस्यक पनि छ । अहिले विभिन्न माध्यमहरुमा कोभिड १९का बारेमा बिभिन्न भ्रमहरु फैलाएको देखिन्छ । हामीले यस्ता हल्लाहरुको विश्वास गर्न हुदैन । कोरोना सम्बन्धी सामाचार हेर्दा आधिकारीक सामाचार मात्र हेर्नु पर्छ । यसका लागि स्वास्थ्य मन्त्रालय, WHO र बहिरा महासंघको वेभसाइटमा गएर पनि सत्य तथ्य पाउन सक्नु हुन्छ । हामीले केहि भ्रमहरुका बारेमा WHO ले सार्वजनिक गरेको यथार्थलाई सांकेतिक भाषामा भिडियो बनाएर बहिरा व्यक्तिहरुको सुचनामा पहुँच पुर्याउने कोशिश गरेका छौं ।

कोरोना भाइरस बारे प्रश्न र उत्तरको सुची

कृपया कोरोना भाइरस बारे जान्न मनलागेको प्रश्नको उत्तर हेर्न त्यसमा थिच्नुहोला । साथै उत्तर भएको ठाउँमा आउने “सांकेतिक भाषामा हेर्नुहोस” भन्ने बटन थिचेर भिडियोमा हेर्न सकिनेछ ।

रक्सि पिउनाले कोरोना भाइरसको संक्रमण हुदैन भन्ने गलत हो । बरु रक्सि पिउनाले शरीरको रोग प्रतिरोधात्मक क्षमत कम हुन जाने र अन्य बेफाइदा हुन्छ ।

हो, कोरोना भाइरस विभिन्न सतहहरुमा केहि घण्टा देखि दिन सम्म पनि बाँच्न सक्ने भएकाले पैसा वा बैंकको एटिएम कार्ड प्रयोग गरे पछि स्यानीटाइजरको प्रयोग गर्नु पर्छ ।

धेरै ज्वारो आउदा अदुवा पानी खाने वा सिरक ओडेर सुतेमा निको हुदैन । बरु १०० डिग्री भन्दा माथी ज्वरो आयो भने तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नु पर्छ ।

तिलको तेलको मालिस गर्नाले कोरोना भाइरस शरीरमा प्रवेश गर्नबाट रोक्न सक्दैन । तिलको तेलले कोरोना भाइरस मार्दैन ।

चुरोटको सेवन गर्दा कोरोना भाइरस सर्न सक्दैन भन्ने गलत हो । बरु यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमत कम हुन जाने र अन्य बेफाइदा हुन्छ ।

उच्च तापक्रममा वा घाममा बस्दैमा कोरोनाको संक्रमण निको हुन्छ भन्ने गलत हो । उच्च तापक्रहुने देशमा पनि कोरोनाको संक्रमण छ । त्यसैले यसबाट जोगिन घाममा बस्ने होइन, बारम्बार साबुनपानीले हातधुनुहोस । भिडभाडमा नजानु, माक्स लगाउने गर्दा सुरक्षित हुन सकिन्छ ।

यो कुरा साबित गर्ने कुनै प्रमाण छैन । विभिन्न अध्ययनले देखाए अनुसार यो भाइरस पहिला चमेरा बाट सुरु भएको हो र त्यसबाट मानिसमा संक्रमण सुरु भएको हो । यो पहिलो पल्ट चिनको बुहानमा देखिएको हो ।

अहिले सम्म विश्वमा २० लाख भन्दा बढिमा कोरोनाको संक्रमण भएको छ भने ५ लाख जति निको भइसकेका छन् त्यसकारण यो लाग्दैमा डराउनु हुदैन । तर सुरक्षाका उपायभने अपनाउनु पर्छ । यसको लक्षण देखा परे समयमै सम्बन्धित निकायमा तुरुन्त सम्पर्क गर्नुहोस ।

WHO का अनुसार कोरोना भाइरस जुनसुकै उमेरका व्यक्तिहरुमा पनि सर्न सक्छ । पहिले देखि नै सुगर वा मुटु सम्बन्धीका बिरामीमा उच्च जोखिम हुन्छ ।

कोरोना भाइरस घरेलु जडिबुटि, लसुन, प्याज आदि खाएमा निको हुन्छ भन्नु गलत हो । यद्धपि लसुन प्याज लगायतका अन्य जडिबुटि स्वास्थ्यका लागि लाभदायक हुन्छन तर यसले कोरोना बाट बचाउदैन ।

यस विषयमा यहि भन्ने छैन, चमेरा बाट मानिसमा सरेको भन्ने छ । तर कुखुरा लगायत अन्य पशुपन्छिको मासु खादा राम्रो संग पकाएर मात्र खानु पर्छ ।

  • आपतकालिन सम्पर्क
  • बहिरा महासंघ
  • दोभाषे सम्पर्क

हटलाईन (बिहान ६ देखी राति १० बजे सम्म)

हटलाईन (बिहान ८ देखी राति ८ बजे सम्म)

शुक्रराज सरूवारोग अस्पताल (२४ घण्टा)

पाटन अस्पताल (२४ घण्टा)

किर्तिपुर अस्पताल (२४ घण्टा)

बहिरा महासंघ

आपतकाल भिडियो कल

काठमाडौं सम्पर्क

सुर्य बहादुर बुढाथोकी

बिर बहादुर बोगटी

सत्यदेबि वाग्ले

प्रदेश १ सम्पर्क

सिताराम ओझा

प्रदेश २ सम्पर्क

गंगाराम यादव

बागमती प्रदेश सम्पर्क

बिष्णु कुमारी पौडेल

गण्डकी प्रदेश सम्पर्क

राजेन्द्र शर्मा

प्रदेश नं ५ सम्पर्क

सन्तोस के सी

कर्णाली प्रदेश सम्पर्क

नम्रता भारती

सुदुरपश्चिम प्रदेश सम्पर्क

दिनेस पनेरु