NDFN Logo

CBM Global (Nepal) का राष्ट्रिय निर्देशकसंग महासंघमा छलफल

CBM Global (Nepal) का राष्ट्रिय निर्देशक राजन भट्टराईले मिति २०८३ साउन ५ गते राष्ट्रिय बहिरा महासंघ नेपालको केन्द्रीय कार्यालय सामाखुशी, काठमाण्डौमा भ्रमण गर्नुभएको छ  । उहाँले बहिरा महासंघ भ्रमणको सिलसिलामा महासंघ कार्यसमिति र कर्मचारीबीच  नेपालमा बहिरा समुदायको अवस्था, सवाल, राष्ट्रिय बहिरा महासंघ नेपालका बिभिन्न क्रियाकलाप, उपलब्धिबारे छलफल भएको थियो । साथै, प्रतिनिधिसँग महासंघले बहिरा, श्रवणदृष्टि विहिन तथा जटिल अपाङ्गता भएका बालबालिकाहरूको शिक्षा, सिकाइ, सहायता सेवा, जनचेतनामूलक तथा सहभागितामूलक कार्यक्रमको अवस्था, उपलब्धी, चुनौती लगायतका पक्षमा जानकारी गराएको  थियो । CBM Global (Nepal) का राष्ट्रिय निर्देशक भट्टराईले अपाङ्गता समुदायलाई लक्षित गरी नेपालमा संचालन गरिरहेका बिभिन्न कार्यक्रमहरुका बारेमा महासंघलाई जानकारी गराउनुभएको थियो । CBM Global (Nepal) र राष्ट्रिय बहिरा महासंघ नेपालबीच आगामी दिनमा बहिरा तथा समग्र अपाङ्गताका सवालमा सहकार्यका अवसरहरु  पहिचान गर्नेबारे समेत छलफल भएको थियो ।

Image
© Copyright - National Federation of the Deaf Nepal
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram Skip to content