NDFN Logo

संसद बैठकको  प्रत्यक्ष प्रसारणमा  साङ्केतिक भाषाका दोभाषेको व्यवस्थाको सुरुवात 

राष्ट्रिय बहिरा महासंघ नेपालको वकालत पैरवीले संघीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकको प्रत्यक्ष प्रशारण) का बैठकहरू साङ्केतिक भाषामा प्रत्यक्ष प्रसारणको सुरुवात भएको छ । यो विषय विगतका वर्षहरूमा संसद्‍मा निरन्तर माग हुँदै आएको विषय थियो । सभामुख डोलप्रसाद अर्यालले दलहरूको परामर्श समेतका आधारमा संसद्को प्रत्यक्ष प्रसारणमा साङ्केतिक भाषाको माध्यमबाट सुरुवात भएको छ ।

Image

समावेशी, प्रविधिमैत्री तथा प्रभावकारी संसदीय अभ्यासलाई थप सुदृढ बनाउने उद्देश्यले शुरू गर्न लागिएका यी सेवाहरूले संसद्को कार्यसम्पादनलाई अझ सहज, पहुँचयोग्य र व्यवस्थित बनाउने विश्वास लिइएको छ ।

अनलाइन खबरबाट साभार गरिएको समाचार यहाँ हेर्नुहोस् ।

698719678 1408454457985445 329040055848811148 n
© Copyright - National Federation of the Deaf Nepal
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram Skip to content