NDFN Logo

तेस्रो विश्व सहायक प्रविधि दिवस सम्पन्न

तेस्रो विश्व सहायक प्रविधि दिवसको अवसरमा सूचना तथा प्रविधि विभागको आयोजनामा राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपाल नेत्रहीन संघ, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका अभिभावक महासंघ नेपाल, प्रयत्न नेपाल, नेत्रहीन युवा संघ नेपाल, एक्सेस प्लानेट र नेत्रहीन महिला संघ नेपालको संयुक्त सह-आयोजनामा काठमाडौंमा मिति २०८३ जेठ २१ गते राष्ट्रिय नीति संवाद तथा सहायक प्रविधि प्रदर्शनी कार्यक्रम उत्साहपूर्वक काठमाडौँमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभिन्न संघ संस्था र सरोकारवाला निकायहरु गरि ५० जनाको उपस्थित रहेको थियो । उक्त कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच, सञ्चार, शिक्षा, गतिशीलता तथा दैनिक जीवनमा सहयोग पुर्‍याउने विभिन्न सहायक प्रविधिहरुको प्रदर्शनी गरिएको थियो । सहायक प्रविधिको आवश्यकता, पहुँच र नीतिगत सुधारबारे बहुपक्षीय संवाद तथा सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको थियो ।

Image

थप विवरण यहाँ हेर्नुहोस् ।

© Copyright - National Federation of the Deaf Nepal
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram Skip to content