NDFN Logo

अपाङ्गतामैत्री सुरक्षित मातृत्व सेवा निर्देशिका, २०७९ को स्थानीयकरण सम्बन्धी प्रदेशस्तरीय पैरवी बैठक सम्पन्न

साझेदार संस्था नेत्रहीन युवा संघ नेपालले एम्प्लिफाई चेन्जको सहयोगमा SCOPE for SRHR परियोजना अन्तर्गत २०८३ जेठ १३ गते लुम्बिनी प्रदेश, भालुबाङ दाङमा अपाङ्गतामैत्री सुरक्षित मातृत्व सेवा निर्देशिका, २०७९ को स्थानीयकरण सम्बन्धी प्रदेशस्तरीय पैरवी बैठक आयोजना गरिएको थियो । अपाङ्गतामैत्री सुरक्षित मातृत्व सेवाको प्रभावकारी कार्यान्वयन, पहुँचयोग्य यौन तथा प्रजनन स्वास्थ्य सेवाको सुनिश्चितता तथा प्रदेशस्तरमा बजेट विनियोजनका लागि पैरवी गर्नु कार्यक्रमको उद्देश्य रहेको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, परियोजना टोली तथा अन्य सरोकारवालाहरू गरी  १७ जना प्रत्यक्ष सहभागी भएका थिए । सहभागीहरूले अपाङ्गतामैत्री सुरक्षित मातृत्व सेवा निर्देशिका, २०७९ को छलफल पश्चात अपाङ्गता समावेशी मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाको आवश्यकतालाई स्वीकार गर्दै आगामी नीति, योजना तथा बजेटमा अपाङ्गता समावेशी कार्यक्रमहरू समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Image

स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेशका जनस्वास्थ्य प्रशासक उमेश गौतमले अपाङ्गतामैत्री स्वास्थ्य सेवा प्रभावकारी बनाउन पहुँचयुक्त संरचना,  व्यवहारिक परिवर्तन एवं स्वास्थ्यकर्मीलाई अपाङ्गता समावेशी सेवा तथा सञ्चार सम्बन्धी क्षमता विकास आवश्यक रहेको बताउदै  मन्त्रालयले आगामी योजनामा यस विषयलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सामाजिक विकास मन्त्रालयका वरिष्ठ महिला विकास अधिकृत सम्झना सुवेदीले अपाङ्गता समावेशी कार्यक्रम तथा बजेट निर्माणमा नागरिक समाज र अपाङ्गता भएका व्यक्तिहरूका संस्थासँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Image
© Copyright - National Federation of the Deaf Nepal
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram Skip to content