मिति २०८३ साउन १७ गते सम्पन्न राष्ट्रिय बहिरा महासंघ नेपाल बाग्मती प्रदेश समितिको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट अध्यक्ष कृष्ण गजुरेल (काठमाण्डौ) को नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । नयाँ कार्यसमितिमा उपाध्यक्ष - जसोदा कडेल (मकवानपुर), सचिव- धिरोज अधिकारी (काभ्रे), कोषाध्यक्ष - विष्णु कार्की (दोलखा) र सदस्यहरुमा - धन बहादुर थापा (सिन्धुली), प्रताप थापा मगर (चितवन), शर्मिला गोले (मकवानपुर), रिता भारती (सिन्धुपाल्चोक) तथा प्रवण राज जोशी (ललिपुर) निर्वाचित भएको छन् । नवगठित समितिले बाग्मती प्रदेशमा रहेका बहिरा नागरिकहरूको हक-अधिकार संरक्षण र प्रवर्द्धनका लागि जिल्ला बहिरा संघहरू, नागरिक समाज तथा सम्बन्धित सरकारी निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
