नेपालमा पहिलो बहिरा विद्यालय स्थापना (१९६५)
नेपालमा पहिलो बहिरा विद्यालय काठमाण्डौको नक्सालमा “बहिरा बालकको स्कूल काठमाडौं” को रुपमा स्थापित भयो । त्यसपछि सुर्खेत, भैरवा, सप्तरी र धरानमा त्यही नामको साथ ४ बहिरा विद्यालयहरु स्थापना भयो । काठमाडौंको विद्यालयले पछि नाम परिवर्तन गरि “केन्द्रिय बहिरा उच्च माध्यामिक विद्यालय” भयो र अहिले यस विद्यालयमा स्नातक तहसम्म कक्षा सचांलन हुँदै आईरहेको छ ।
नेपालमा पहिलो बहिरा संघ स्थापना (१९९०)
नेपाली साङ्केतिक भाषामा समाचार प्रशारण
विश्व बहिरा महासंघ एशिया प्रशान्त क्षेत्रको कार्यक्रम सम्पन्न
विश्व बहिरा महासंघ एशिया प्रशान्त क्षेत्र सचिवालयको १० औं बैठक काठमाडौंमा १९९८ मा सम्पन्न भयो । संयुक्त राष्ट्रसंघ अपाड्गताको त्यस दशकलाई दशक व्यापकको रुपमा मनाएको थियो । त्यसबेला विश्व बहिरा महासंघका अध्यक्ष लिसा कौपीनकेन पहिलो पटक नेपाल भ्रमणमा आएका थिए ।
एकीकृत गरी नेपाली साङ्केतिक भाषा शब्दकोष प्रकाशन
नेपाली साङ्केतिक भाषाको सबै फरक भागहरु एकीकृत गरी नेपाली साङ्केतिक भाषा शब्दकोष सन् २००३ मा प्रकाशित भयो । ब्रिटिश राजदुतावासको समर्थनमा भाग १, २ र ३ एकीकृत गरि नेपाली साङ्केतिक भाषा शब्दकोष प्रकाशित गरियो ।
बहिरा बच्चाहरु औपचारिक रुपमा एस एल सी परीक्षा उपस्थिती (२००६)
सृजना बहिरा स्कूल, पोखराले माध्यमिक विद्यालय चलाउन स्वीकृति २००६ मा पायो र बहिरा विद्यार्थीहरुले औपचारिक रुपमा एस एल सी परिक्षामा भाग लिए ।
विश्व बहिरा महासंघ एशिया प्रशान्त क्षेत्र सचिवालय प्रतिनिधिमण्डलको २० औं बैठक पोखरामा सम्पन्न
राष्ट्रिय बहिरा महासंघ नेपालले विश्व बहिरा महासंघ एशिया प्रशान्त क्षेत्र सचिवालय प्रतिनिधिमण्डलको बैठक सन् २००८ मा नेपालको पोखरामा आयोजना गुेको थियो । उक्त अवसरका लागि विश्व बहिरा महासंघका अध्यक्ष मार्खु योकिनेन पहिलो पटक नेपाल आए ।
बहिरा व्यक्ति संविघानसभा र संसदको सदस्य भए (२००८)
राघववीर जोशी नेपाल कम्युनिष्ट पार्टीबाट २०६४ सालमा संविधानसभाको सदस्यमा समानुपातिक निर्वाचन प्रक्रियाबाट निर्वाचित हुनुभएको थियो । सन् २००९ मा संसदबाट सीआरपीडीको अनुमोदनका लागि वहा“ले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
राष्ट्रिय बहिरा महासंघ नेपालको पहिलो महिला अध्यक्षको चयन (२०११)
श्रीमती कल्पना बज्राचार्य राष्ट्रिय बहिरा महासंघ नेपालको पहिलो बहिरा महिला अध्यक्ष बनिन् । उहा“ भक्तपुरमा आयोजित महासंघको छैठौं महाघिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
बहिरालाई सवारी चालक लाइसेन्स प्रदान गर्ने सम्बन्धमा सर्वोच्च अदालतको फैसला (२०१४)
नेपाल सरकारसंग बहिरा समुदायलाई सवारीचालक अनुमतिपत्र प्रदान गर्नका लागि सवारीचालक अनुमतिपत्र ऐन २०३७ संशोधन गर्नका लागि लामो समयसम्म वकालत ग¥यो । त्यसतर्फ कुनै प्रगति नभएपछि राष्ट्रिय बहिरा महासंघ नेपालले बहिरा समुदायलाई सवारीचालक अनुमतिपत्र प्राप्त गर्ने अधिकारबाट वञ्चित गर्ने ऐनको प्राबधान विरुद्ध वि. सं. ........... मा सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो । वि. सं. ........... मा सर्वाेच्च अदालतले ऐनमा संशोधन गरी बहिरा नागरिकलाई सवारीचालक अनुमतिपत्र प्रदान गर्न नेपाल सरकारलाई आदेश दिएको थियो ।
विश्व बहिरा महासंघको १०१ औं बार्ड बैठक काठमाडौंमा सम्पन्न
विश्व बहिरा महासंघको १०१ औं बार्ड बैठक राष्ट्रिय बहिरा महासंघ नेपालको स्थानीय व्यवस्थापनमा सन् २०१६ मा काठमाडौंमा आयोजना गरिएको थियो ।
नेपाली साङ्केतिक भाषाको पहिलो मोबाइल एप्लिकेशनको विकास
राष्ट्रिय बहिरा महासंघ नेपालले नेपाली साङ्केतिक भाषाका आधारभूत सङ्केतहरु समावेश गरी सन् २०१६ मा पहिलो मोबाइल एप्लिकेशन निर्माण गरेको थिए । जसमा बढी प्रयोगमा आउने २०० भन्दा बढी सङ्केतहरु समावेश गरिएको थियो ।
साकेंतिक भाषामा समाचारहरु हरेक दिन लाइभ एभिन्यूज टेलिभिजनबाट बेलुकी ६ बजे प्रसारण गरियो (२०१६)
एभिन्यूज टेलिभिजनबाट साकेंतिक भाषामा समाचार दैनिक रुपमा ८ अक्टोबर देखि एभिन्यूज टेलिभिजनबाट बेलुकी ६ बजे प्रसारण गरियो ।
साङ्केतिक भाषा शब्द सूचीमा जुम्ली साङ्केतिक भाषा प्रकाशित भयो
जुम्ली साङ्केतिक भाषाका सङ्केतहरु सङ्कलन गरी सन् २०१७ देवेन्द्र तिमिल्सििनाले प्रकाशन गर्नुभएको थियो ।
नेृपाली साङ्केतिक भाषको बृहद शब्दकोश र मोबाइल एप्लिकेशन निर्माण
हतको आकार र स्थानका आधारमा नेपाली साङ्केतिक भाषको बृहद शब्दकोश र मोबाइल एप्लिकेशन निर्माण सन् २०१७ मा महासंघले गरेको थियो । उक्त साङ्केतिक भाषको बृहद शब्दकोश र मोबाइल एप्लिकेशनमा झण्डै ४,७०० सङ्केतहरु समावेश गरिएको थियो ।