NDFN Logo

नेपालस्थित जापानी राजदूतावासका प्रतिनिधिको महासंघ भ्रमण

नेपालस्थित जापानी राजदूतावास नेपालका प्रतिनिधि द्धितीय सचिव हिरोयुकी मुरामात्सुले मिति २०८३ साउन ५ गते राष्ट्रिय बहिरा महासंघ नेपालको केन्द्रीय कार्यालयमा भ्रमण गर्नुभएको थियो  । भ्रमणका अवसरमा नेपालमा बहिरा नागरिकहरुको संचार, शिक्षा,  स्वास्थ्य सेवा, रोजगारीका अवसर आदि सवाल, अवस्था, चुनौती, बहिरा नागरिकहरुको हकअधिकार प्रबर्धन गर्न महासंघले खेलिरहेको भूमिका लगायतका सवालमा छलफल गरिएको थियो । द्वितीय सचिव मुरामात्सुले बहिरा बालबालिकाका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा आवश्यक सहयोग र सहकार्यका लागि जापानी राजदूतावास सकारात्मक रहेको बताउनुभएको थियो ।

Image
© Copyright - National Federation of the Deaf Nepal
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram Skip to content