NDFN Logo

यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे सचेतना अभिवृद्धिका लागि समुदाय स्तरीय दौतरी शिक्षा कार्यक्रम सम्पन्न

एम्प्लिफाई चेन्जको सहयोगमा साझेदार संस्था नेत्रहीन युवा संघ नेपालको आयोजनामा मिति २०८३ असार ३१ र ३२  गते, रुपन्देहीमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार (SRHR)बारे सचेतना अभिवृद्धिका लागि समुदाय स्तरीय दौतरी शिक्षा कार्यक्रम बैठक सम्पन्न भएको थियो ।

Image

अपाङ्गता भएका व्यक्तिहरूमा यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, बृहत्तर यौनिकता शिक्षा, महिनावारी स्वास्थ्य व्यवस्थापन तथा युवामैत्री स्वास्थ्य सेवासम्बन्धी आयोजना गरिएको थियो । २९ जना दृष्टिविहीन, बहिरा तथा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो । सहकर्मी सिकाइ, समूह छलफल तथा अन्तरक्रियात्मक अभ्यासमार्फत सहभागीहरूले आफ्ना अनुभव आदानप्रदान गर्दै SRHR सम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेका थिए ।

Image

कार्यक्रममार्फत सहभागीहरूमा अपाङ्गता र अपाङ्गताका प्रकारहरू, मानव अधिकार तथा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार (SRHR), महिनावारी स्वास्थ्य व्यवस्थापन, गर्भावस्था तथा गर्भनिरोधका साधनहरू, सुरक्षित गर्भपतन, यौन सम्पर्कबाट सर्ने संक्रमण तथा एचआईभी/एड्स, लैङ्गिक तथा यौनजन्य हिंसा, र युवा-मैत्री स्वास्थ्य सेवा सम्बन्धी ज्ञान र सचेतना एवं अपाङ्गतामैत्री स्वास्थ्य सेवाको उपयोगप्रति आत्मविश्वास अभिवृद्धि भएको छ ।

© Copyright - National Federation of the Deaf Nepal
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram Skip to content