NDFN Logo

संघीय संसदका बैठकको प्रत्यक्ष प्रशारणमा सांकेतिक भाषाका दोभाषेको ब्यबस्था गरिएको ऐतिहासिक उपलब्धि एवं दिनका अवसरमा राष्ट्रिय बहिरा महासंघ नेपालद्वारा जारी प्रेश बिज्ञप्ति

698719678 1408454457985445 329040055848811148 n

मितिः २०८३ बैशाख २८ गते

संघीय संसदका बैठकको प्रत्यक्ष प्रशारणमा सांकेतिक भाषाका दोभाषेको ब्यबस्था गरिएको ऐतिहासिक उपलब्धि एवं दिनका अवसरमा राष्ट्रिय बहिरा महासंघ नेपालद्वारा जारी प्रेश बिज्ञप्ति

नेपालको दुइ सदनात्मक संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकहरु प्रत्यक्ष प्रशारणमा मिति २०८३ बैशाख २८ गतेदेखि नेपाली सांकेतिक भाषाको दोभाषेको ब्यबस्था गरिएको उपलब्धि एवं ऐतिहासिक दिनका अवसरमा नेपालका आम बहिरा नागरिकहरुको छाता संगठन राष्ट्रिय बहिरा महासंघ नेपाल खुशी एवम् गौरव ब्यक्त गर्दछ | संसदका बैठक एवम् गतिबिधिहरु सम्बन्धमा बहिरा समुदायलाई सुषुचित गर्नका लागि संघीय संसदका बैठकको प्रत्यक्ष प्रशारणमा सांकेतिक भाषाको दोभाषेको ब्यबस्था गर्न राष्ट्रिय बहिरा महासंघ नेपालले लामो समयदेखि पहलकदमी गर्दै आएको थियो | संसद बैठकको प्रत्यक्ष प्रशारणमा दोभाषेको ब्यबस्था गर्ने प्रयासले मुर्त रुप लिएको सुखद उपलक्षमा महासंघ सम्पूर्ण बहिरा समुदायमा हार्दिक बधाई ज्ञापन गर्दछ | संसद बैठकको प्रत्यक्ष प्रशारणमा सांकेतिक भाषाको दोभाषेको ब्यबस्थाबाट संसदमा भएका नीति तथा कार्यक्रम, बजेट, कानुन निर्माण, राष्ट्रिय महत्व एवं समसामयिक छलफल लगायतका बिभिन्न संसदीय गतिबिधिहरुप्रति बहिरा समुदायको पहुँच अभिबृद्दी हुने, प्रत्यक्ष सुषुचित एवं लाभान्वित हुने बिश्वास महासंघले लिएको छ |

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय महासन्धि २००९, नेपालको संबिधान २०७२, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि ऐन २०७४ मा बहिरा समुदायको सुचना तथा संचारमा पहुँच सुनिश्चित गर्ने स्पष्ट व्यवस्थाहरू गरिएका छन्। संघीय संसदका बैठकको प्रत्यक्ष प्रशारणमा सांकेतिक भाषाको दोभाषेको ब्यबस्था गर्ने सम्बन्धि राष्ट्रिय बहिरा महासंघ नेपालको माग उत्सुकतापूर्वक मनन गरेर तत्काल दोभाषेको ब्यबस्थापन गर्नमा आफै सक्रियतापुर्वक सरिक हुनुभइ बहिरा समुदायको सुचनाको हकको कार्यान्वयनका तदारुकताका देखाउनु भएकोमा प्रतिनिधिसभाका सम्माननीय सभामुखज्युप्रति महासंघ एवं सिंगो बहिरा समुदाय हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दछ | साथै संसदको बैठकको प्रत्यक्ष प्रशारणमा सांकेतिक भाषाको ब्यबस्था गरी बहिरा नागरिकहरुको अधिकार प्रबर्धनमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने संघीय संसद सचिवालय, नेपाल सरकार एवं माताहतका निकाय लगायत सम्बन्धित सबैमा बहिरा महासंघ नेपाल हार्दिक आभार ब्यक्त गर्दछ | साथै बहिरा समुदायको सुचना तथा संचारमा थप पहुँच एवं समावेशीकरण थप सहकार्यका लागि समेत सम्बन्धित सबैमा महासंघ आव्ह्वान गर्दछ |

....................... ........................

महासचिब अध्यक्ष

सिताराम ओझा सन्तोष के. सी

© Copyright - National Federation of the Deaf Nepal
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram Skip to content