NDFN Logo

समावेशी शिक्षा र शिक्षण रणनीति सम्बन्धी एडभान्स शिक्षक तालिम सम्पन्न

राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजनामा "शिक्षामा सबै सँगै: श्रवणदृष्टि विहीन बालबालिकाहरूका लागि अवरोधहरू हटाउँदै" परियोजना अन्तर्गत 'डेफ प्लस' (श्रवणदृष्टि विहीनता र अन्य जटिल अवस्था भएका बहिरा व्यक्ति) विद्यार्थीहरूको आवश्यकतालाई सम्बोधन गर्नका लागि श्रीअमरसिंह माध्यमिक विद्यालय र श्री सिर्जना सृजना बहिरा आवासिय माध्यमिक विद्यालयका शिक्षकहरुको शिक्षण क्षमता अभिबृद्दी गर्न दुई दिने एडभान्स शिक्षक तालिम (Advanced Teacher Training) सम्पन्न भएको थियो । मिति २०८२ फाल्गुण ८ र ९ गते पोखरामा आयोजित तालिममा श्रीअमरसिंह माध्यमिक विद्यालय र श्री सिर्जना सृजना बहिरा आवासिय माध्यमिक विद्यालयका १२ पुरुष, १६ महिला गरि २८ जना शिक्षकहरूलाई सिकाइको सर्वव्यपी ढाँचा (UDL), बहु-इन्द्रिय शिक्षण सामग्री विकास र समावेशि शिक्षाको गहनताका बारेमा प्रशिक्षण दिइएको थियो ।

Image

तालिममा प्रा. डा. बासुदेव काफ्ले र शंकर सिंह चैसिरले सिकाइको सर्वव्यापी ढाँचामा (UDL) पाठ योजना बनाउने, लचिलो मूल्याङ्कन विधि, बहु-इन्द्रिय शिक्षण सिकाइ सामग्री (TLM) विकास लगायतका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । सहभागीहरूले समावेशी शिक्षाका अवरोध र समाधानका उपायहरूवारे समूह कार्य र प्रस्तुतीकरण गरेका थिए । तालिममा सहभागी शिक्षकहरूले विद्यार्थीलाई विद्यालयको प्रणालीमा अनुकूलन गराउनु भन्दा पनि विद्यार्थीको आवश्यकता अनुसार विद्यालयको प्रणालीमा सुधार ल्याउनुपर्ने जनाएका छन् । सहभागीहरुले तालिमबाट विद्यालयमा समावेशी अभ्यासहरू कार्यान्वयन गर्न आत्मविश्वास बढेको बताएका थिए ।

Image
© Copyright - National Federation of the Deaf Nepal
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram Skip to content