NDFN Logo

मतदाता शिक्षा कार्यक्रम सम्पन्न

राष्ट्रिय बहिरा महासंघ नेपालले "प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२" लाई लक्षित गरी सुनाइ सम्बन्धी अपाङ्गता भएका (बहिरा) नागरिकहरूका लागि महिला, कानून र विकास मञ्च (FWLD) को सहयोगमा मिति २०८२ फागुन १६ गते काठमाडौँमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । दुइ चरणमा सम्पन्न कार्यक्रममा ३९ जना महिला, ६५ जना पुरुष र २ जना यौनिक तथा लैंगिक अल्पसंख्यक बहिरा नागरिकहरू गरी १०६ जनाको सहभागीता रहेको मतदाता शिक्षा कार्यक्रममा सहभागीहरूलाई मतदानको महत्व, मतदाताको अधिकार, मतदान प्रक्रिया तथा बदर नगरी मतदान गर्ने बिधिबारे अभिमुखीकरण गरिएको थियो । नमुना मतदानमा अभ्यास गरेर सहभागीहरुले सहि ढंगले मतदान गर्ने सिक्ने अवसर प्राप्त गरेका थिए ।

642223681 1349546157209609 1611282195193354267 n

राष्ट्रिय बहिरा महासंघका अध्यक्ष सन्तोष केसीले अभिमुखीकरण गर्नुभएको कार्यक्रमका सहभागीहरुले मतदान प्रक्रियाबारे स्पष्ट बुझाई बिकास भएको, सचेतना बढाएको एवं आगामी निर्वाचनमा सहि ढंगले मतदान गर्ने आत्मविश्वास बढेको बताएका थिए ।

  • मध्यान्ह समाचारबाट साभार गरिएको समाचार यहाँ हेर्नुहोस् ।
  • चरण १ : मतदाता शिक्षा तालिम सम्पन्न भिडियो यहाँ हेर्नुहोस् ।
  • चरण २ : मतदाता शिक्षा तालिम सम्पन्न भिडियो यहाँ हेर्नुहोस् ।
© Copyright - National Federation of the Deaf Nepal
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram Skip to content