
प. सं. : २०८२/०८३ मिति :२०८२ मङ्सिर २६
च.नं.
श्री अध्यक्षज्यू,
महासंघ आवद्द सबै बहिरा संघ |
विषय: महासंघको उनन्तीसौं वार्षिक साधारणसभामा सहभागिता सम्वन्धमा ।
महोदय,
उपरोक्त सम्वन्धमा यस राष्ट्रिय बहिरा महासंघ नेपाल (NDFN) को उनन्तीसौं वार्षिक साधारणसभा राष्ट्रिय बहिरा महासंघ नेपाल मधेश प्रदेश समितिसंगको समन्वय र बारा बहिरा संघको स्थानीय व्यवस्थापनमा तपशील बमोजिम आयोजना हुन लागेको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छु ।
वार्षिक साधारणसभा कार्यक्रम आयोजना सम्बन्धि विवरण
मिति: २०८२ पौष २० र २१ गते ।
स्थान : कलैया उपमहानगरपालिका, बारा (होटल/हल पछि जानकारी गराइनेछ) ।
सम्पर्क : ९८६१६६५८७१ (महासंघ), ९८६००९४५६५ (सिताराम ओझा, महासचिब), (९८४१०९२२५१ दोभाषे, दिनेश श्रेष्ठ) ।
बहिरा महासंघको विधानको परिच्छेद ४ दफा ११.१ मा आवद्द जिल्ला बहिरा संघहरुले वार्षिक साधारण सभामा २ जना र राष्ट्रिय महाधिवेशनमा ३ जना प्रतिनिधि पठाउन सक्नेछ ब्यबस्था रहेको व्यहोरा अवगतै छ | तसर्थ, महासंघको उनन्तीसौं वार्षिक साधारण सभामा सहभागिता लागि १ जना महिला र १ जना पुरुष गरी २ जना प्रतिनिधिको नामावली कार्यसमितिको बैठकको निर्णयको प्रतिलिपि सहित आगामी २०८२ पौष १५ मंगलवार सम्ममा महासंघमा अनिवार्य रुपमा आइपुग्ने गरी पठाउन अनुरोध छ |
प्रतिनिधि विवरण पठाउने ठेगाना
कार्यसमिति बैठकको निर्णय साधारणसभामा सहभागिता जनाउने प्रतिनिधिहरुको नामावली ईमेल वा हुलाकको माध्यमवाट तपशील बमोजिम पठाउन सकिने छ ।
ईमेल : admin@deafnepal.org.np, info@deafnepal.org.np, uma@deafnepal.org.np
महासंघमा हाल पदाधिकारी तथा सदस्य बहाल रहेका जिल्ला बहिरा संघहरुको हकमा महासंघका पदाधिकारी तथा सदस्य समेत उक्त प्रतिनिधित्व संख्यामा अनिवार्य समावेश हुने गरी प्रतिनिधि छनौट गरी पठाउनु पर्नेछ । साधारणसभामा भाग लिन आउने सहभागीहरुको आउने जाने यातायात खर्चको व्यवस्था सम्वन्धित जिल्ला बहिरा संघ आफैले गर्नुपर्नेछ । साधारणसभा अवधिभर (२०८२ पौष १९ गते बेलुकादेखि २०८२ पौष २१ गते बेलुका सम्म) को खाना तथा आवासको व्यवस्था बहिरा महासंघ र बारा बहिरा संघवाट गरिनेछ ।
३० औं वार्षिक साधारणसभा तथा बाह्रौं राष्ट्रिय महाधिवेशन आयोजना सम्बन्धि प्रस्ताब
२०८३ सालमा आयोजना हुने महासंघको ३० औं वार्षिक साधारणसभा तथा बाह्रौं राष्ट्रिय महाधिवेशन आयोजना गर्न प्रस्ताव पेश गर्न इच्छुक जिल्ला बहिरा संघहरुले कार्यसमितिको निर्णयको प्रतिलिपि समेत समावेश गरी साधारणसभामा व्यहोर्न सक्ने खर्च सहितको प्रस्ताव समेत आगामी २०८२ पौष १५ मंगलवार सम्ममा महासंघमा पठाउन अनुरोध छ |
नबिकरण तथा प्रमाणपत्र र प्रतिबेदन पेश गर्ने
उल्लेखित विषयमा बहिरा नागरिकहरुको हकअधिकारका छाता संस्थाका रुपमा स्थापित यस राष्ट्रिय बहिरा महासंघ नेपालमा आवद्ध सम्पूर्ण बहिरा संघहरुले बिधान बमोजिम यस वर्ष सम्पन्न गर्नुपर्ने वार्षिक साधारणसभा एवं महाधिवेशन सम्पन्न गरी
बहिरा संघहरुलाई महासंघमा आवद्दता नवीकरण गर्न, साधारण सभा सम्पन्न गर्ने, २०८३ असार मसान्तसम्म संस्था नवीकरण गरेको संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, वार्षिक कार्यप्रगति प्रतिवेदन एवं लेखापरीक्षण प्रतिवेदन समेत आगामी २०८२ मंसीर १५ गतेभित्र पेश गर्नका लागि मिति २०८२ कार्तिक २४ मा सम्पन्न महासंघको संघिय कार्यसमितिको बैठकको निर्णय अनुसार पत्राचार गरिएको व्यहोरा स्मरण गराउन चाहन्छु | उपरोक्त विवरण महासंघमा पेश गर्न बाकि बहिरा संघहरुलाई आगामी २०८२ पौष १५ मंगलवार सम्ममा महासंघमा पठाउन अनुरोध गरिन्छ |
साधारणसभामा छलफल तथा निर्णय गरिने प्रस्तावहरु:
१. आ.ब २०८१/०८२ को बार्षिक प्रगति प्रतिबेदन पारित गर्ने सम्वन्धमा ।
२. आ. ब २०८१/०८२ को आर्थिक लेखा परिक्षण प्रतिबेदन पारित गर्ने सम्वन्धमा ।
३. आ.ब २०८२/०८३ को लागि लेखा परिक्षक नियुक्ति गर्ने सम्वन्धमा ।
४. आ. ब २०८२/०८३ को बार्षिक कार्यक्रम तथा बजेट पारित गर्ने सम्वन्धमा ।
५. महासंघको जोखिम ब्यबस्थापन नीति एवं आर्थिक एवं प्रशासनिक नीति संशोधन सम्वन्धि प्रस्ताब सम्वन्धमा |
६. विविध |
महासंघको आगामी वार्षिक साधारणसभाबारे थप जानकारी आवश्यक परेमा महासंघमा सम्पर्क राख्नका लागि अनुरोध छ ।
सहयोग र सहकार्यको अपेक्षा सहित धन्यबाद !
......................................
Sitaram Ojha
Secretary General

