NDFN Logo

दृष्टिविहीन तथा न्यून दृष्टियुक्त विद्यार्थीलाई  SRHR सम्बन्धी दौतरी शिक्षा सम्पन्न

राष्ट्रिय बहिरा महासंघ नेपालको नेतृत्वमा अम्प्लिफाईचेन्जको सहयोगमा संचालित Scope for SRHR परियोजना अन्तर्गत साझेदार संस्था अपाङ्गता भएका महिलाहरूको महासंघ (FWDN) को आयोजनामा मिति २०८३ श्रावण २ देखि ६ गतेसम्म जनकपुरधाममा दृष्टिविहीन तथा न्यून दृष्टियुक्त विद्यार्थीहरूका लागि यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (SRHR), व्यापक यौनिकता शिक्षा (CSE), महिनावारी स्वास्थ्य तथा सरसफाइ व्यवस्थापन (MHM) र व्यक्तिगत सुरक्षासम्बन्धी पाँच दिने दौतरी शिक्षा कार्यक्रम  सम्पन्न भएको छ । जनकपुरधाम उपमहानगरपालिका - ४ स्थित श्री मण्डल समाज सेवा (मण्डल कुट्टी) मा सञ्चालन गरिएको दौतरी शिक्षा कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका दृष्टिविहीन तथा न्यून दृष्टियुक्त ८ जना छात्र तथा ६ जना छात्रा सहित १४ जना विधार्थीहरुको सहभागिता रहेको थियो । सम्बन्धित अभिभावक तथा विद्यालयसँग समन्वय गरेर सम्भावित सहभागी पहिचान र परिचालन पनि गरी सहभागिता गरिएको थियो ।

Image

दौतरी शिक्षक राजेश नायक र शम्भु साहले अपाङ्गता समावेशी यौन तथा प्रजनन् शिक्षा सम्बन्धि ५ बिभिन्न सत्रहरूमा सहजीकरण गर्नुभएको थियो । तालिमको सत्रहरूमा यौन तथा प्रजनन् शिक्षा, अपाङ्गता, शरीरमाथिको अधिकार, ‘मेरो शरीर, मेरो अधिकार’, किशोरावस्था, प्रजनन अंग तथा तिनका कार्य, व्यक्तिगत सरसफाइ, महिनावारी तथा महिनावारी स्वच्छता, गर्भावस्था, परिवार नियोजन र गर्भनिरोधक साधनबारे सहजीकरण जानकारी गरिएको थियो । सहभागीहरुले व्यक्तिगत सुरक्षा, सम्मानजनक व्यवहार, सूचित निर्णय, उपलब्ध स्वास्थ्य सेवाबारे समुह छलफल र अनुभव आदानप्रदान गरेका थिए । दृष्टिविहीन विद्यार्थीहरूलाई सहभागी गराउन अभिभावक/हेरचाहकर्ताको सहयोगको आवश्यकता, दृष्टिविहीन विद्यार्थीका लागि छुट्टै विद्यालय नहुँदा सहभागीलाई कार्यक्रम स्थलमा ल्याउनमा चुनौती देखिएको थियो ।

Image
© Copyright - National Federation of the Deaf Nepal
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram Skip to content