NDFN Logo

अपाङ्गता भएका व्यक्तिका लागि समावेशी SRHR सेवामा जोड

राष्ट्रिय बहिरा महासंघ नेपलाको नेतृत्वमा अम्प्लिफाईचेन्जको सहयोगमा संचालित Scope for SRHR परियोजना अन्तर्गत साझेदार संस्था अपाङ्गता भएका महिलाहरूको महासंघ (FWDN) को आयोजनामा मिति २०८३ श्रावण ५ गते जनकपुरधाममा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग अपाङ्गता समावेशी यौन तथा प्रजनन स्वास्थ्य  अधिकार (SRHR) सम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ । स्थानीय जनप्रतिनिधि, स्वास्थ्य सम्बन्धि निकाय तथा सरोकारवालाहरु गरि २२ जनाको सहभागिता रहेको  बैठकमा अपाङ्गता भएका व्यक्तिहरूले स्वास्थ्य, सार्वजनिक सेवा तथा सामाजिक सुरक्षामा भोगिरहेका चुनौती र अवरोधबारे छलफल गरिएको थियो । अपाङ्गता भएका व्यक्तिहरूको SRHR अधिकारबारे स्थानीय जनप्रतिनिधिको बुझाइ बढाउनु, स्थानीय नीति, योजना तथा बजेटमा अपाङ्गता समावेशी विषयलाई प्राथमिकता दिनु तथा स्थानीय सरकार, सरोकारवाला र अपाङ्गता भएका व्यक्तिहरूबीच सहकार्य र अर्थपूर्ण सहभागिता बढाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

Image

बैठकमा परियोजनामार्फत गरिएको अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी आधारभूत सर्वेक्षणबाट प्राप्त पहुँचको अवस्था,  मुख्य निष्कर्ष तथा सुझाव प्रस्तुत गरिएको थियो । जनकपुरधाममा अपाङ्गतामैत्री शौचालय, स्तनपान कक्ष, ज्येष्ठ नागरिक बिश्राम स्थल र सहायता कक्ष निर्माण गर्न महिला, बालबालिका तथा सामाजिक समावेशी शाखाले सिफारिस गरेको पनि जानकारी गराइएको थियो । जिल्ला जनस्वास्थ्य प्रमुखले अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका सम्बन्धमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरूले अपाङ्गतामैत्री पूर्वाधार, पहुँचयुक्त स्वास्थ्य सेवा, समावेशी योजना तथा बजेट र स्थानीय निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिताका लागि सहकार्यमा जोड दिएका थिए ।

© Copyright - National Federation of the Deaf Nepal
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram Skip to content