NDFN Logo

बहिरा युवालाई बारिस्टा तालिम सम्पन्न

Image

राष्ट्रिय बहिरा महासङ्घ नेपालले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालको सहयोगमा नेपाल पर्यटन बोर्डद्वारा सञ्चालित दिगो पर्यटन परियोजना अन्तर्गत बहिरा युवाहरुका लागि संचालित बारिस्टा तालिम सम्पन्न भएको थियो । मिति २०८३ भदौ ८ गते देखि असोज ७ गतेसम्म जमलस्थित टिन टङ क्याफे एन्ड तालिम केन्द्र, काठमाण्डौमा २० जना र मिति २०८३ असोज ३ गते देखि २५ गतेसम्म कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, पोखरामा २० जना बहिरा युवाहरुका लागि संचालित उक्त बारिस्टा तालिममा  सम्पन्न भएको थियो ।

Image

उक्त तालिम काठमाडौँको जमलस्थित टिन टङ क्याफे एन्ड तालिम केन्द्रमा र पोखरास्थित कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा तालिम सञ्चालन गरेको थियो । तालिममा सहभागीहरुलाई कफी तथा अन्य पेय पदार्थ तयार गर्ने, कफी मेसिन तथा उपकरण सञ्चालन गर्ने, सरसफाइ कायम गर्ने, ग्राहक सेवा प्रदान गर्ने र व्यावसायिक व्यवहारसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिएको थियो । सहभागीलाई प्रमाणपत्र वितरण समेत प्रदान गरिएको तालिम समापन कार्यक्रममा महासङ्घका महासचिव सिताराम ओझाले सहभागीलाई सिकेको सीप व्यवहारमा लागू गर्दै रोजगारी तथा स्वरोजगारका अवसर खोज्न आग्रह गर्नुभएको थियो । तालिम लिएर मात्र नपुग्ने भएकाले सिकेको सीपलाई निरन्तर अभ्यास गर्दै होटल, क्याफे, बेकरी तथा पर्यटन क्षेत्रका विभिन्न व्यवसायमा जोडिनुपर्ने बताउनु भएको थियो ।

Image

तालिमको मुख्य उद्देश्य बहिरा व्यक्तिको व्यावसायिक सीप विकास गर्दै सम्मानजनक रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्नु र पर्यटन तथा आतिथ्य क्षेत्रमा उनीहरूको समावेशी सहभागिता अभिवृद्धि गर्नु रहेको महासङ्घले जनाएको छ । तालिमले बहिरा युवाहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नुका साथै होटल, क्याफे, बेकरी तथा पर्यटन तथा आतिथ्य क्षेत्रका रोजगारी र स्वरोजगारका अवसरमा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छ ।

Image
  • समता प्रेसबाट साभार गरिएको समाचार यहाँ हेर्नुहोस् ।
  • मध्यान्हबाट साभार गरिएको समाचार यहाँ हेर्नुहोस् ।
  • समता प्रेसबाट साभार गरिएको समाचार यहाँ हेर्नुहोस् ।
© Copyright - National Federation of the Deaf Nepal
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram