
मिति २०८३ असार ६ गते सम्पन्न सुनसरी बहिरा संघको १५ औँ अधिवेशनबाट अध्यक्ष प्रकुल राईको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । नयाँ कार्यसमितिमा उपाध्यक्ष - जानुका बन राई, महासचिव - एविन लिम्बु, सचिव-सोफिया ठटाला, कोषाध्यक्ष - सहवीर राई र सदस्यहरुमा - प्रतिदा चालिसे, तुलसा अधिकार, धनजित राई, वैदनाथ चौधरी, कमल लिम्बु र सुजाता गच्छदार निर्वाचित भएको छन् ।