The National Federation of the Deaf Nepal has been working since 1996 to lead the campaign for the rights of deaf people in Nepal. For us, education, health and employment of deaf people are the priority.

राष्ट्रिय बहिरा महासंघ नेपाल National Federation of the Deaf Nepal (NDFN) को स्थापना बहिराहरुको अधिकार र विकासका लागि छाता संगठनको रुपमा २०५२ सालमा भएको हो । आठ स्थानीय बहिरा संघहरुको पहलमा गठन भएको यो महासंघमा हाल ५५ वटा स्थानीय बहिरा संघहरु आबद्द छन् । सुनाई सम्बन्धि अपाङ्गता भएका व्यक्तिहरुलाई बहिरा भन्ने गरिन्छ । बहिरा समुदाय सांकेतिक भाषामा सञ्चार गर्ने भाषिक अल्पसंख्यक समुदाय हुन् । उनीहरु सञ्चारमा पहुँचका लागि स्थानिय भाषा र संस्कृतिका आधारमा विकसित भएका संकेतहरुको दृश्य संचारमा पूर्णरुपमा निर्भर हुन्छन् ।
The Federation of the Deaf has been advocating for the recognition, development and dissemination of Nepali Sign Language as the first language of the deaf person as well as the formation of local deaf associations and their capacity building, leadership and awareness, interpreter service to the deaf. Advocacy for rights, social equality and discrimination-free deaf community. But deaf people still do not have access to communication, education, health, skills training, and employment.
यस महासंघले आफ्नो स्थापनाकाल देखि नै बहिराहरूको हकअधिकार तथा विकासका सवालमा विभिन्न साझेदारहरूसँग सहकार्य गर्दै आइरहेका छन् । महासंघले पहिलोपटक आफ्नो रणनीतिक योजना २०१८ –२०२२ तयार गरेको छ । बहिराहरुको विकासको लामो पाठ्यक्रममा यस रणनीतिक योजनाको विकासले महासंघको इतिहास, विकास र गतिविधिहरु सम्झन र हामीले के र कसरी गर्यौ र भविष्यका लागि हामीले कुन कुन नयाँ रणनीतिहरू अपनाउनुपर्दछ भनेर नाप्न अवसर दिनुका साथै साझेदार संस्थाहरूलाई महासंघ तथा बहिरा व्यक्तिहरूको आवश्यकता र सहयोगका मुद्दाहरूको पहिचान गर्नबारे सजिलो बनायो । सन् २०७२ को भूकम्पपछि महासंघले अन्य उद्देश्यहरूको साथसाथै प्राकृतिक विपत्तिका बारेमा रणनीतिक उद्देश्य पनि समावेश गरि प्राकृतिक प्रकोपमा सचेतना र सुरक्षामा काम समेत गरेको थियो । २०७६ सालको अन्त तिर देखी सुरू भएको कोरोना महामारीमा महासंघले बहिरा व्यक्तिहरूको सुचना तथा संचारमा पहुँचको विषयलाइ प्रार्थमिकताका साथ उठाएको छ र सुचनाको हक प्राप्तीमा बहिरा समुदाय लाभावान्वित भएका पनि छन् ।