NDFN Logo

कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तकमा आधारित साङ्केतक भाषा शब्दकोश

प्रस्तावना आह्वान

राष्ट्रिय बहिरा महासंघ नेपाल देशभर रहेका सुनाइ सम्बन्धी अपांगता भएका व्यक्तिहरूको छाता संस्था हो । यस महासंघ अन्तर्रगत ७ प्रदेश समिति र ५४ जिल्ला  बहिरा संघहरू आवद्ध रहेका छन् ।  महासंघले नेपाली बहिरा समुदायको पहिलो भाषा नेपाली सांकेतिक भाषाको अनुसन्धान, पहिचान, प्रवर्दन, विकास र विस्तार गर्दै आएको छ  सांकेतिक भाषा शब्द संकलन, संकेत निर्माण र शब्दकोश प्रकाशन समेत गर्दै आएको छ । महासंघले अपाङ्गता भएका बालबालिकाको सिकाइलाइ प्रभावकारी बनाउन  शिक्षकका तथा बालबालिकका लागि उपयोगी हुने कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तकमा आधारित साङ्केति भाषा शब्दकोश यस संस्थाले  निर्माण तथा प्रकाशन गर्न लागेको हुदाँ उक्त समग्रीहरूको मुद्रण गर्नका लागि यो तपशिल बमोजिमको प्रस्तावना आह्वान गरिएको छ ।

 समावेश गर्नुपर्ने कागजात तथा प्रमाण पत्र

कम्पनीको आधिकारिक लेटरहेडमा NDFN लाई सम्बोधन गरिएको कभर लेटर र सामग्रीको छाप्नका लागी प्रस्तावना सहितको सम्बन्धित कार्यालयको आधिकारीक हस्ताक्षरकर्ताद्वारा विधिवत हस्ताक्षर गरिएको र स्ट्याम्पको सहितको
दर्ता कागजातहरू (PAN, कर चुक्ता, सम्बन्धित सरकारी प्राधिकरणमा कम्पनी दर्ता प्रमाणित) अनिवार्य छन् ।
खुलेको मितिः २० जुलाइ २०२५
पेश गर्ने अन्तिम म्याद: २७ जुलाइ २०२५
आवेदकहरूको अनुभव विवरण
मुद्रण सामग्रीको लागि कुल लागत भ्याट, डेलिभरी लागत र वा कुनै अन्य लागत भएमा सो सहित समावेश गरेर पठाउनु पर्ने छ ।

मुद्रण सामग्रीको गुणस्तर:

  • मुद्रण सामग्रीः कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तकमा आधारित साङ्केति भाषा शब्दकोश
  • आर्ट पपेर
  • १५० ग्रामको भित्री पेपरमा मुद्रण गर्नुपर्ने  (Inner Page Black and white )
  • २५० ग्राम कभर पपेर ( Cover Page Multicolor))
  • साइजः A4
  • पेजः१८६
  • बाइन्डिङः स्टिच बाइन्डिङ  हार्ड
  • प्रकाशन गरिने प्रतिः१०००
  • भ्याट सहितको मूल्य स्पष्ट खुलाउने
  • प्रति कपिको मुल्य पनि खुलाउने

मुख्य जिम्मेवारी:

  • बहिरा महासंघको डिजाइ समेतको डकुमेन्ट प्रदान गर्ने
  • बहिरा महासंघले दिएको ढाँचा र स्वीकृति अनुसार डिजाइन र प्रिन्ट गर्नुपर्ने
  • कामको उत्कृष्ट गुणस्तर सुनिश्चित गर्न महासंघको कार्य टोलीसँग परामर्श गर्नुपर्नेछ
  • अन्तमा पुस्तक मुद्रणगरि महांसंघलाई हस्तान्तरण गर्नुपर्नेछ  

सम्झौताको अवधि:

यो सम्झौता कुनै व्यक्ति वा संस्था संगको सम्झौतामा हस्ताक्षर गरेको मितिदेखि १ महिना सम्मको हुनेछ । सो सम्झौत मुद्रित सामग्री यस महासंघको कार्यालयमा डेलिभर गरेपछि मात्र पूरा हुनेछ । कम्पनी/व्यक्तिले सबै कार्य पूरा गरी अन्तमा निर्माण गरिएका मुद्रित सामग्रीहरू यस कार्यालयमा बुझाउनु पर्नेछ ।

बहिरा महासंघको टोलीले  निम्न सहयोग प्रदान

प्रिन्टको लागि नमुना देखाउने

• आवश्यक भएमा थप सुझावहरू

सुचना तथा तथ्यांङ्क संरक्षण:

काम गर्ने संस्थाले प्राप्त गरेका सुचना जानकारी फोटो भिडियो तथा अन्य सबै डाटा यस महासंघ (NDFN) को सम्पत्ति हुनेछ । यसमा मुद्रण गर्ने सस्थासँग कुनै अधिकार हुनेछैन र यस महासंघको पूर्व स्वीकृति बिना प्रयोग र खुलासा गर्नेपाइने छैन । यस डाटाको उल्लङ्घनलाई कडाइका साथ निषेध गरिएको छ ।

भुक्तानी:

• राष्ट्रिय बहिरा महासंघ (NDFN) ले सम्पूर्ण कार्य सम्पन्न गरी NDFN कार्यालयमा पेश गरी नेपाल सरकारको नियमबमोजिम लागु हुने सबै कर सहित प्रस्तावित कुल रकम (100%) जारी गर्नेछ ।

• नेपाल सरकारको नियम बमोजिमको कर कट्टा गरिनेछ ।

सम्झौताको अन्त्य:

सम्झौता मिति समाप्त भएपछि सम्झौता स्वतः समाप्त हुनेछ । टीओआरमा उल्लेख नभएको कुरा आपसी छलफल र सहमतिबाट समाधान गरिनेछ ।

Email: vacancy@deafnepal.org.np

© Copyright - National Federation of the Deaf Nepal
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram Skip to content