NDFN Logo

श्रवणदृष्टि विहीनता भएका युवाहरुका लागि जिल्लास्तरिय कार्यशाला सम्पन्न

Photo 2025 04 13 08 04 57

चैत्र २९, कास्की,

Cyp

राष्ट्रिय बहिरा महासंघ नेपाल र श्रवणदृष्टि विहीन संघ नेपालको आयोजनामा कास्की जिल्लाको पोखरामा श्रवणदृष्टि विहीनता भएका युवाहरुको दुइदिने कार्यशाला गत चैत्र २७ र २८ गते सम्पन्न भएको छ । युवाहरुको रोजगारी तथा स्वरोजगारी, अपाङ्गता अधिकार र वकालत सहित क्षमता विकासमा केन्द्रित भएर कार्यशालामा छलफल गरिएको थियो । कास्की जिल्लाका १० जना श्रवणदृष्टि विहीनता भएका युवाहरु कार्यशालामा सहभागि भएका थिए ।

छलफलका लागि कार्यशालाको पहिलो दिन स्थानीय सरकारका योजना र श्रवणदृष्टि विहीनता भएका युवाहरुलाई अवसर सम्बन्धमा पोखरा महानगरपालिकाका शाखा अधिकृत अर्जुन न्यौपानेले छलफलको सहजिकरण गर्नु भएको थियो । उहाँले पोखरा महानगरले सबै युवाहरुलाई रोजगारी र स्वरोजगारी सहित आत्मनिर्भर बनाउन आफ्ना कार्यक्रमहरु  बनाउने गरेको  र खासगरी अपाङ्गता लक्षित विभिन्न कार्यक्रम बाट बर्सेनी अपाङ्गता भएका व्यक्तिहरुले सेवा पाइरहेको बताउनु भएको थियो । महानगरले युवाहरुलाई सिपविकासका तालिम, विउपुजि र उत्पादित सामानको बजारीकरण गर्ने सम्मका कामहरु गरीरहेको जानकारी गराउनु भएको थियो । जसकालागि पोखरा महनगरले सभागृहमा व्यापार प्रवर्द्न केन्द्र संचालन गरेको र त्यहाँ बाट श्रवणदृष्टि विहीनता भएका युवाहरुले लाभ लिन सक्ने जानकारी दिनु भएको थियो ।

यसै गरी श्रवणदृष्टि विहीन संघ नेपालका अध्यक्ष पुष्पराज रिमालले अपाङ्गता अधिकार र रोजगार-स्वरोजगारका विषयमा छलफल गराउनु भएको थियो । उहाँले अपाङ्गता अधकार एन २०७४ तथा पहिलो संसोधन २०७५ ले अपाङ्गता भएका व्यक्तिलाई राज्यले सिप विकास गराउने र विउपुजि सहित रोजगारी स्वरोजगारीमा सहभागि गराउने उल्लेख गरेकाले सोहि अनुसार अपाङ्गता भएका युवाहरुले प्रदेश सरकार र आफु रहको स्थानीय सरकारका योजनाहरुमा सहभागि भएर त्यसबाट फाइदा लिन सक्ने अवसरका बारेमा जानकारी गराउनु भएको थियो ।

अपाङ्गता अधिकार प्राप्ति र स्थानिय सरकारका योजनाहरुमा कसरी सहभागिता हुन सकिन्छ, युवाहरुका आवश्यकता के छन भन्नेमा युवाहरुको दुइवटा समुह बानाएर छलफल गरिएको थियो । उक्त छलफलबाट एउटा समुहले कृषि तथा पशुपालन अन्तर्गत प्राङ्गारिक मल प्रयोग गरी साग तथा मरौठि मसलाको खेति गर्ने र अर्को समुहले कफि बनाउने सिप सिक्ने इच्छा जनाएका थिए । उक्त विषयमा पोखरामा त्यस्ता उत्पादनको बजारिकरणको सम्भावनाका विषयमा महासंघका परियोजना संयोजक शंकर सिंह चैसिरले छलफलको सहजिकरण गर्नु भएको थियो ।

यसैगरी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, सामाजिक विकास महासाखाका प्रमुख उपसचिव मिना अधिकारीले दोस्रोदिनको कार्यक्रमको सहजिकरण गर्नु भएको थियो । जसमा सामाजिक विकास मन्त्रालयका अपाङ्गता लक्षित कार्यक्रम, सिप तथा तालिम प्रदान गर्ने केन्द्रहरु र बजेटका बारेमा जानकारी दिनु भएको थियो ।

यसरी दुइदिन सम्म संचालन भएको उक्त कार्यशालामा आवश्यकता पहिचान, बजारिकरण र आवश्यक न्युनतम लागत तथा सिपका विषयमा सहभागिहरुले छलफल गरि नमुना प्रस्ताव निर्माण गरि उक्त प्रस्तावलाई थप परिमार्जन गरी प्रदेश मन्त्रालय र स्थानीय पालिकामा पेश गर्न श्रवणदृष्टि विहीन संघ नेपाललाई जिम्मेवारी दिइएको थियो र युवाहरुले सोही प्रस्तावका आधारमा वकालत अभ्यास गरेका थिए ।

श्रवणदृष्टि विहीनता भएका युवाहरु कक्षा १२ सम्मको अध्ययन सकाएर बेरोजगार भइ घरमै बसिरहेको गुनासो अभिभावक बाट आउने गरेको र सञ्चारमा हुने अवरोधका कारण रोजगारी पनि नपाउने अवस्था भएकाले विशेष गरी बहिरा समुदायबाट श्रवणदृष्टि विहीनता भएका युवाहरुलक्षित गरी यो कार्यशाला गरिएको थियो ।

© Copyright - National Federation of the Deaf Nepal
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram Skip to content