के घाममा वा २५ डिग्री भन्दा बढी तापक्रमा बस्यो भने कोरोना भाइरस निको हुन्छ ?

उच्च तापक्रममा वा घाममा बस्दैमा कोरोनाको संक्रमण निको हुन्छ भन्ने गलत हो । उच्च तापक्रहुने देशमा पनि कोरोनाको संक्रमण छ । त्यसैले यसबाट जोगिन घाममा बस्ने होइन, बारम्बार साबुनपानीले हातधुनुहोस । भिडभाडमा नजानु, माक्स लगाउने गर्दा सुरक्षित हुन सकिन्छ ।