राष्ट्रिय बहिरा महासंघ नेपाल

नेपाली साङ्केतिक भाषाको ३ महिने दोभाषे तालिम कार्यक्रममा प्रशिक्षकका लागि आवेदन आवहान

मिति : २०७६ फागुन १२  

 

नेपाली बहिरा समुदायको छाता संस्था राष्ट्रिय बहिरा महासंघ नेपालले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा आगामी २०७६ चैत्र पहिलो हप्ता देखि सातवटै प्रदेशबाट प्रतिनिधित्व हुने गरि हेटौडा, पोखरा र भैरहवा गरी तीन स्थानमा ६० जनाका लागि नेपाली साङ्केतिक भाषाका दोभाषेको ३ महिने तालिम कार्यक्रम सञ्चालन गर्न लागेको सहर्ष जानकारी गराउन चाहन्छौँ | उक्त तालिम कार्यक्रमहरुमा महासंघले तयार पारेको पाठ्यक्रम तथा अभिमुखीकरण बमोजिम प्रशिक्षकका रुपमा प्रशिक्षण प्रदान गर्नका लागि इच्छुक अनुभवी बहिरा नेपाली नागरिकहरूबाट आफुलाई पायक पर्ने स्थान समेत खुलाई महासंघमा आवेदन पेश गर्नका लागि यो सुचना प्रकाशन गरिएको छ |

तालिम प्रशिक्षकमा आवेदन गर्नका लागि न्युनतम् योग्यता

  • नेपाली साङ्केतिक भाषा प्रशिक्षकका रुपमा कम्तिमा ३ वर्षदेखि काम गरेको
  • नेपाली साङ्केतिक भाषाको विकासमा काम गरेको
  • न्युनतम प्लस टु पास गरेको
  • दोभाषेको ब्यबसायिक बिकास, आचार संहिता बारे ज्ञान भएको  

 

आवेदनसाथ पेश गर्नु पर्ने कागजातः

  • आवेदन पत्र - १ प्रति
  • वायोडाटा -१ प्रति
  • शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि - १/१ प्रति
  • साङ्केतिक भाषा तालिम प्रमाणपत्र - १/१ प्रति
  • साङ्केतिक भाषाको विकास, प्रशिक्षकका रुपमा काम गरेको अनुभव प्रमाणपत्रको प्रतिलिपि –१/१ प्रति
  • पासपोर्ट साइजको फोटो - १ प्रति 

 

नोट:

  • मासिक पारिश्रमिक तोकिए बमोजिम हुनेछ |
  • प्रशिक्षकले आफ्नो आवासको व्यवस्था आफै गर्नुपर्नेछ |
  • प्रशिक्षण स्थल नजिकका उम्मेदवारलाई प्राथमिकता दिईने छ |
  • छोटो सुचिमा परेका उम्मेदवारहरुलाई छनौट प्रक्रियाका लागि सुचित गरिने छ | आवेदकहरुले छनोट प्रक्रिया बारे फोन वा भिडियो सम्पर्क स्वीकार्य हुने छैन |

 

 

आवेदन प्रस्ताव पेश गर्ने अन्तिम मिति २०७६ साल फाल्गुन २१ गते सम्म

 

सम्पर्कः राष्ट्रिय बहिरा महासंघ नेपाल, भृकुटिमण्डप काठमाण्डु |

फोनः ०१४२२०५१४, इमेलः ndfn.training2020@gmail.com, पोष्ट बक्स नः ११३३८