NDFN Logo

जिल्ला प्रशासन कार्यालयबाट संघ संस्था दर्ता कसरी गर्ने?

जिल्ला प्रशासन कार्यालयबाट संस्था दर्ता गर्ने प्रकृयासम्बन्धी जानकारी यस सामाग्रीमा पाइन्छ।

क)तोकिएको ढाँचाको विवरण भरी कम्तिमा ७ जना सदस्य रहेको तदर्थ समितिका सदस्यदको हस्ताक्षर भएको निवेदन ।
ख) सफासँग A4 साइजको कागजमा एकापट्टी मात्र टाइप गरी प्रबन्ध समितिका सबै सदस्यको प्रत्येक पानामा तलमाथि हस्ताक्षर भएको संशोधित बिधान ४ प्रति ।
ग) समितिका सबैको ना.प्र.प्र.को प्रतिलिपी र सम्बन्धित स्थानीय तह (नगरपालिका, गाउँपालिका) को सिफारिस ।
घ) सदस्यहरुको प्रहरी प्रतिवेदन ।
ङ) संस्थाको कार्यालय रहने घरको धरधनीसँग गरिएको करारपत्र ।
च) संस्था दर्ता गर्ने सम्बन्धमा बसेको संस्थाका प्रबन्ध समितिका सदस्यहरुको बैठकको माइन्यूट ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्