NDFN Logo

बहिरा स्रोत कक्षा अध्ययनको प्रारम्भिक प्रतिवेदन माथि छलफल

बहिरा स्रोत कक्षा अध्ययनको प्रारम्भिक प्रतिवेदन माथि छलफल कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय बहिरा महासंघ नेपालले गरिरहेको उक्त अध्ययनमा बहिरा बालबालिकाका लागि संचालन गरिएका स्रोत कक्षाहरु सात वटै प्रदेश बाट छनौट गरिएका छन् । प्रारम्भिक रिपोर्टले स्रोत कक्षामा अध्यापन गराउने शिक्षकहरु साङ्केतिक भाषामा दक्ष नभएको, स्रोत कक्षामा अध्ययनरत बालिकाहरुमा यौन हिंसा हुने गरेको, गुणस्तरीय शिक्षा पाउन नसकेको लगायतका विभिन्न चुनौतिहरु देखिएका छन् । कार्यक्रममा शिक्षा मन्त्रालय र मातहतका विभाग तथा अपाङ्गता क्षेत्रमा कार्यरत संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अध्ययनको प्रारम्भि प्रतिवेदनले उठाएका विषय वस्तु निकै गम्भिर भएका कारण तत्कालै यसमा अनुगमन गर्नु पर्ने भन्दै शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले मातहतका कार्यालयहरुलाई निर्देशन दिनु भएको थियो ।

राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष केपी अधिकारीले स्रोत कक्षामा अध्ययनरत बालबालिकाले न्युनतम मानवअधिकार समेत उपभोग गर्न नपाएको र यो अवस्था तत्काल समाधान नभए भोलिका दिनमा ठुलै दुर्घटना घट्न सक्ने भन्दै सबैको ध्यानकर्षण गराउनु भएको थियो । उक्त अध्ययन अपाङगता अभियान्ता सुदर्सन सुवेदिको नेतृत्वमा गरिएको थियो । कार्यक्रम राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजना, ओपेन सोसाइटि फाउण्डेसनको सहकार्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा संचालन गरिएको थियो ।

 

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्